अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशसभा बैठक स्थगित

बागमती प्रदेशसभा बैठक स्थगित


हेटौंडा – बागमती प्रदेशसभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर चैत्र १० गतेसम्मको लागि स्थगित गरिएको छ ।

बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि १० गते बस्ने गरी सारिएको हो।

बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले अब प्रदेशसभाको बैठक चैत १० गते दिउँसो १ बजे बस्ने बताउनु भयो । आजै मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबिच भएको छलफलपछि प्रदेशसभा बैठक सार्ने निर्णय भएको उनले जानकारी दिनु भयो ।

आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो । तर आफूहरुसँग सल्लाह नगरी विश्वासको मतसम्बन्धी प्रस्तावबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित हुन नसक्ने जनाएको थियो ।

आजै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार रहेको तर त्यसअघि केही विषयमा छलफल गर्न आवश्यक रहेको ठहर गरेको थियो । कांग्रेसले चैत १० मा प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्रीलाई प्रस्तावसमेत गरेको थियो । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले समामुखसँग भेट गरी आजको बैठक स्थगित भएको घोषणा गर्न सुझाव दिएका थिए ।