काठमाडौँ – नेपालका लागि चीनका राजदूत चेन सङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । राजदूत सङले बुधवार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
भेटका अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्धिपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।





प्रतिक्रिया