काठमाडौं- आज दिउँसो कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना छ ।
आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका खनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव छ ।




प्रतिक्रिया