अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका छ: प्रधानमन्त्री प्रचण्ड

सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका छ: प्रधानमन्त्री प्रचण्ड


काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनामा नागरिकको पहुँच बढाउनुका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले भूमिका निर्वाह गरेकाे बताउनुभएकाे छ।

यहाँस्थित बिहीबार सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)को राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले साे धारणा सार्वजनिक गर्नुभएकाे हाे। 

उहाँले सामाजिक विभेद, कुरीति एवं विसङ्गतिका विरूद्ध  खरो रूपमा प्रस्तुत हुँदै सामाजिक जागरण एवं रूपान्तरणका क्षेत्रमा यहाँहरूले निर्वाह गर्नुभएको भूमिकाले सभ्य समाजको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै रेडियाेकर्मीहरूमा उहाँले धन्यवाद ज्ञापन गर्नुभयाे ।

Skip This