अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मगर संसारद्वारा उदयपुरका अग्नी पिडितलाई आर्थिक सहयोग

मगर संसारद्वारा उदयपुरका अग्नी पिडितलाई आर्थिक सहयोग


रौतामाई – उदयपुरको रौतामाई गाउँपालिका-८ पाबु पाखाटोल निवासी अग्नी पीडित रामबहादुर बुर्जा मगरलाई मगर संसार (फोटो ग्यालरी)ले आर्थिक सहयोग गरेको छ।

मगर संसारका अध्यक्ष तथा समाजिक अभियन्ता अनिल लामिछाने मगरको विशेष पहलमा आर्थिक संकलन गरी रु.१ लाख ८ हजार ३१० रुपैया आर्थिक सहयोग गरेको स्थानीय शिक्षक गौरव लायो मगरले बताउनु भयो।

गत फागुन २६ गते बुर्जा मगरको दुईतले घरमा विद्युत सर्ट भइ एक्कासी आगलागी हुँदा पूर्ण रुपले घर जलेको र घरमा रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट भएको थियो। उक्त आगालागीमा परी मगरका ६ वर्षिया छोरी जस्मिन मगर र दुई वर्षिय छोरा रोजन मगर जलेर मृत्यु भएको थियो। सो घटनामा मानविय क्षति बाहेक रु. १० लाख बराबरको क्षति भएको थियो।

यो दुःखद घडीमा संकलित सहयोग रकम मगर संसार (फोटो ग्यालरी)द्वारा एक कार्यक्रमको बीच मगर संसारका एडमीन ज्ञानदिप आले मगर र टोल विकास समितिका अध्यक्ष हेमबहादुर मगर र सचिव गौरव लायो मगर, नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रिय समितिका सदस्य शेरबहादुर बलम्पाकी साथै  गोपाल लायो मगर, लालबहादुर मगर, मकर रिखाम मगर, जयकान्त साह, शिक्षक रबिन राउत, शिक्षक केशर बहादुर मस्राङ्गी मगर तथा सन्तोष मगर, चन्द्रबहादुर गौर मगर, लिला माया मगर, कलि माया मगर, नेत्र बहादुर केप्छाकी मगर लगायत गाउँका छिमेकीहरुकाे उपस्थितिमा अग्नी पीडित बुर्जा मगरलाई घर निर्माणको लागि आर्थिक हस्तातरण गरेको शिक्षक गौरव लायो मगरले जानकारी दिनुभयो।

अग्नी पीडित राम मगर भन्नुहुन्छ, ‘मगर संसार (फोटो ग्यालरी)का अध्यक्ष तथा समाजिक अभियन्ता अनिल लामिछाने मगरको विशेष पहलमा रु.१ लाख ८ हजार ३१० रुपैया आर्थिक सहयोग गर्नुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु । उहाँले गर्नुभएको पहललाई म कदर गर्दछु। शायद मेरो पीडा देखेर होला सहयोगी दाताहरुले आर्थिक सहयोग गरिरहनु भएको छ।’

आगलागी हुँदा घरमा काेही पनि नभएकाे मगरकाे छाेरा र छाेरीलाई बचाउन नसकेकाे एक स्थानीयले बताउनु भयो । उहाँले भन्नुभयो, ‘घटना भएको दिन घरमा दुई छोराछोरी मात्र रहेछ । बुवा चाहिं गाउँ जानु भएकाे रहेछ भने आमा दाउरा लिन जानु भएको रहेछ । हजुरआमा गाई गाेठालाे जानु भएकाे रहेछ । विद्युत सर्ट भइ एक्कासी घरमा आगलागी हुँदा अबाेध बालबालिकालाई बचाउन सकिएन । यो मानविय क्षतिले यतिबेला गाउँ नै शोकमा छ ।’

यसअघि पनि रौतामाई गाउँपालिका वडा-४ नचनेबतासे र वडा नम्बर ५ मा आगलागी भएको थियो तर मानवीय क्षति चाहिं भएको थिएन। यो मानवीय क्षतिले यतिखेर पाबु गाउँनै शोकमा डुबेको छ। त्यसैले अग्नी पीडित मगरलाई सहयोगी दाताहरुले आर्थिक सयोग गरिरहेको छ।

सहयोग गर्नुहुने सहयोगीहरु निम्न छन्:

✅१) कृष्णा आले मगर, पोखरा नयाँ गाउँ १५ = रु.२,५००/-

✅२) सुरूङ्गी साहिला मगर, स्याङजा बिरुवा-४ हाल क्याण्डा= रु.५,०००/-

✅३) गौरी शंकर अमात्य, सुनवल नवलपरासी हाल कोरियन = रु.१०,०००/- वन

✅४) गिरमान थापा मगर, कालीगण्डकी-५, स्याङ्जा = रु.१,१००/-

✅५) खिम घर्ति मगर, ताराखोला-१, बागलुङ = रु.५,०००/-

✅६) भेद मगर, बागलुङ हाल कोरिया कोरियन =रु. ३०,००० वन

✅७) लक्ष्मी आले मगर, बेलटार, उदयपुर = रु.१,१००

✅८) फरेन्द्र मस्राङ्गी मगर, बिरुवा-४, स्याङजा (हाल कोरिया कोरियन) = रु. ३०,००० वन

✅९) प्रबिन राना मगर, उदयपुर फरसेट-४ = रु.१०,१५२/-

✅१०) हिमाल भट्टराई, देवदह-३ रूपनदेही (हाल कोरिया कोरियन )= रु.२५,१०० वन

✅११) दिप सारू मगर, चौबीसे-२, धनकुटा = रु.२,०००

✅१२) बिक्रम मगर, साउने-१४, उदयपुर = रु.१२००

✅१३) इसा आले मगर – खाबु-१५, उदयपुर = रु.११००

✅१४) तमन्ना थापा मगर, बागलुङ रिघा हाल हङकङ = रु.५,०००

✅१५) सुरेश रानामगर, दोलखा मेलूङ्ग ७ हाल स्पेन= रु.५,०००

✅१६) सुष्मिता मगर = रु.१,५१५/-

✅१७) आशिष आले मगर, ताप्ली-५ रूपातार, उदयपुर = रु.१,०५०

✅१८) यम मगर, गुल्मी हाल कोरिया = रु.१०,०००/-

✅१९) अनु थापामगर, भरतपुर चितवन = रु.३,०००

✅२०) बिनीता सारू मगर (गायिका), पाल्पा (हाल काठमाडौं) = रु.२,०००/-

✅२१) ममता मगर, साउने-१४, उदयपुर = रु.१,००५

✅२२) दिपा केप्छाकी मगर, रौतामाई गापा-८ पाँबु, उदयपुर = रु.१००५/-

✅२३) लिला बराल मगर, नवलपरासी सुनवल १० गैड़ाखाल हाल साउदी = रु.१,७००

✅२४) सुरेन्द्र पुन मगर, सल्यान जिल्ला त्रिवेणी ३ रामुचौवर = रु.१,२००

✅२५) अर्जुन राना मगर, धनकुटा हिले १ रानाटोल हाल साउदी = रु.१,५००

✅२६) लिला मगर – ओखलढूंगा जब रसुवा = रु.२,५००

✅२७) ज्योति थापा मगर, स्याङजा बसाई पोखरा हाल कोरिया कोरियन =रु.२५,००० वन

✅२८) कमल थापा मगर, संखुवासभा खांडबारी हाल कोरिया कोरियन=रु.२५,००० वन

✅२९) इनुप मगर, गुल्मी हाल कोरिया कोरियन =रु.२५,००० वन

✅३०) अमर दर्लामी मगर, बुटवल बेलबास हाल कोरियन =रु.२०,००० वन

✅३१) पूर्णिमा पुलामी मगर, नयाँ वानेश्वर काठमाडौं हाल हङकङ = रु.१०,११०/-

✅३२) प्रतिमा मगर, उदयपुर गाईघाट बोक्से = रु.१,०५०/-

✅३३) धनुका मगर, उदयपुर गाईघाट बोक्से = रु.१,०५०/-

✅३४) रन ब.मस्राङ्गी मगर, स्याङ्जा चापाकोट ३ पिपल डांडा हाल मणिग्राम रूपनदेही = रु.२,०००/-

✅३५) सुनिता मगर – उदयपुर जिल्ला रौता माई- ९ राजाबास = रु.१,०५०/-

👍टोटल सहयोग रु.१,०८,३१० /- मात्र (एक लाख आठ हजार तीन सय दश मात्र)

सहयोग अभियन्ता:- अनिल लामिछाने मगर (बुटवल देवदह हाल कोरिया)