अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन


काठमाडौं – रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचिक, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । बिहीबार राति १० बजे न्यूरो अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो। 

८६ वर्षीय ताम्राकारको उपचारका क्रममा गएराती निधन भएको परिवारले जनाएको छ । २०१८ सालमा रेडियो नेपाल प्रवेश गर्नुभएकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

उहाँको भोलि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Skip This