काठमाडौं – एक दशकमा साक्षर हुने नेपालीको संख्या १० प्रतिशतले बढेको छ ।
२०७८ सालको जनगणनामा ५ वर्षभन्दा बढी उमेरका साक्षर नेपालीको जनसंख्या ७६.२ पुगेको छ । अघिल्लो जनगणना २०६८ मा यो संख्या ६५.९ रहेको थियो ।

राष्ट्रिय तथ्यांककार्यालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ५ वर्षभन्दा माथिको २ करोड ६६ लाख ७५ हजार ९७५ रहेको छ, जसमध्ये २ करोड ३ लाख ४१ हजार ६ सय २३ नेपाली पढ्न र लेख्न जान्ने भएका छन् ।
कार्यालयकाअनुसार पुरुषको साक्षरता दर ८३.६ र महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ ।





प्रतिक्रिया