काठमाडौं – नेपालमा करीब एकतिहाइ घरका घरमुली महिला छन्।
राष्ट्रिय जनगणना २०७८ को नतिजामा उल्लेख भएअनुसार ३१.५५ प्रतिशत घरमा घरमुली महिला रहेको तथ्य सार्वजनिक भएको छ । नेपालमा ६६ लाख ६६ हजार ९३७ वटा घर छन् । ती मध्ये पुरुष घरमुली भएका घरको संख्या ६८.४५ प्रतिशत रहेका छन्।
नतिजाअनुसार ४५ लाख ६३ हजार ६५९ वटा घरका मुली पुरुष छन् भने २१ लाख ३ हजार २७८ वटा घरका घरमुली महिला देखिएका छन् । भौगोलिक हिसाबले सबभन्दा बढी महिला घरमुलीको संख्या पहाडमा छ । जहाँ ३४.५७ प्रतिशत छ । यसैगरी तराईमा २९.३८ र हिमालमा २७.३० प्रतिशत घरका घरमुली महिला छन् ।

२०६८ को जनगणनामा २५.७३ प्रतिशत घरमा मात्र महिला घरमुली थिए । एक दशकमा करीब ७ प्रतिशत घरमुली महिलाको संख्या बढेको छ।
सबभन्दा बढी गण्डकी प्रदेशमा ४०.९८ प्रतिशत घरका घरमुली महिला छन् । सबभन्दा थोरै मधेस प्रदेशमा २१.७ प्रतिशत घरमामात्रमहिला घरमुली छन् ।





प्रतिक्रिया