काठमाडौं – नेपालमा आश्रित अनुपात घटेर काम गरी खान सक्ने उमेरको जनसंख्या पछिल्लो दशकमा ४ प्रतिशतले बढेको छ।
राष्ट्रिय तथ्यांककार्यालयले प्रकाशन गरेको जनगणना २०७८ को नतिजाअनुसार १५-५९ वर्ष उमेर समूहको जनसंख्याको ६१.९ प्रतिशत पुगेको छ । जनसंख्याको यो संरचनाले नेपाललाई इतिहासकै स्वर्णीम समयमा पु¥याएको जनसंख्या शास्त्रीहरुले बताएका छन् । यो उमेर समूहको जनसंख्या १ करोड ८० लाख ७५ हजार ६८५ रहेको छ।
अघिल्लो जनगणना २०६८ भन्दा यस जनगणनामा ४ प्रतिशत सक्रीय जनसंख्या बढेको छ। जनगणनाको प्रतिवेदनअनुसार ०-१४ वर्ष उमेर समूहका बालबालिको जनसंख्या २७.८३ प्रतिशत छ भने ६० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकको जनसंख्या १०.२१ प्रतिशत रहेको छ।
नेपालमा अहिले युवा जनसंख्या क्रमशः बढ्दो क्रममा छ । जनसंखिकलाभासंको उच्चतम् विन्दुमा अहिले नेपालको जनसंख्या रहेको जनसंख्या शास्त्रीहरु बताउछन्।




प्रतिक्रिया