अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखको अधिकार कटौतीको विपक्षमा पूर्वसभामुख ढुंगाना

सभामुखको अधिकार कटौतीको विपक्षमा पूर्वसभामुख ढुंगाना


काठमाडौं – सभामुखको अधिकार कटौतीप्रति पूर्वसभामुख दमननाथ ढुंगानाले विरोध जनाउनुभएको छ ।

ढुंगानाले सभामुखको अधिकार कटौती गरेर लोकतन्त्र संस्थागत हुन नसक्ने जनाउनुभएको हो । । सभामुख एउटा पार्टीको भयो, अर्को पार्टीलाई सभामुखको अधिकार कस्नु पर्‍यो, फेरि अर्को पार्टीको होला , सभामुखको अधिकार फराकिलो पार्नुपर्‍यो,ु ढुंगानाले ट्वीटरमा लेख्नु भएको छ , यस्तो सोचसमझ व्यवहारबाट लोकतन्त्र कहिले संस्थागत होला

प्रतिनिधि सभा नियमावलीको मस्यौदामा सभामुखको अधिकारमा कार्यव्यवस्था समितिको परामर्शका नाममा अंकुश लगाउन खोजिएको छ ।

सभामुखको अधिकार कटौतीको विपक्षमा प्रतिनिधि सभामात्र होइन राष्ट्रि सभाका सांसदहरु समेत उभिएका छन् । राष्ट्रि सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गलत भएको टिप्पणी गर्नुभएको छ । ।