अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिटर ब्याज पिडितको आन्दोलनमा पुगेका ज्ञानेन्द्र शाही विरुद्ध नाराबाजी

मिटर ब्याज पिडितको आन्दोलनमा पुगेका ज्ञानेन्द्र शाही विरुद्ध नाराबाजी


काठमाडौं -मिटर ब्याज पीडितहरुले ऐक्यबद्धता जनाउन माइतीघरमा गएका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् ।

ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी रहेको भन्दै मिटर ब्याजी पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरेका हुन् ।
आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए ।

बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् । उनीहरु पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुग्नु भएको थियो ।
ज्ञानेन्द्र शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताउनुभयो । तर मिटर ब्याज पीडितले उनको कुरै सुन्न चाहेनन् र शाहीबिरुद्ध चर्को नाराबाजी गरे ।