अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टेलिभिजनलाई समयानुकूल बनाउनुपर्छ: अध्यक्ष ओली

टेलिभिजनलाई समयानुकूल बनाउनुपर्छ: अध्यक्ष ओली


बुटवल – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनलाई समयानुकूल प्रविधियुक्त बनाएर सेवाग्राहीका लागि सहज र सरल बनाउनुपर्ने बताउनुभएको छ। 

विकासका लागि सूचना तथा सञ्चार अभियान (इम्मोड) नेपाल लुम्बिनी सामुदायिक टेलिभिजनको १७औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनलाई रुपन्देहीको बुटवलमा आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो।

टेलिभिजनबाट नै अन्य सामाजिक सञ्जाल युट्युब, टिकटक, फेसबुकलगायतले समेत सूचना प्राप्त गर्ने हुनाले यसलाई प्रविधियुक्त बनाउन उहाँले सुझाव दिनुभएको हो ।

नेपालका टेलिभिजनलाई बदलिँदो टेक्नोलोजीसहित समयानुकूल ढङ्गले चलाउन सक्नुपर्छ उहाँले भन्नुभयो । संसारमा सबै प्रकारका टेक्नोलोजी उपलब्ध रहेको भन्दै दुनियाँमा सञ्चारका प्रविधिहरू अत्यन्तै तीव्रताका साथ अघि बढेको बताउनु भयो ।

आइटी टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्सलाई बढाउन जरुरी रहेको अध्यक्ष ओलीले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘नयाँ टेक्नोलोजीले राम्रो काम गर्छ बेनिफीट दिन्छ, त्यसैले यसलाई प्रयोगमा ल्याउनुपर्छ, लगानी बढाउनुपर्छ ।’ म त टेलिभिजन खोल्न र बन्द गर्न मात्रै जानेको मान्छे हुँ भन्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘कम्पनीले टिभी बनाउँछ, मिस्त्रीले जोडजाड पार्छ, रिमोट हातमा दिन्छ, हामी त च्यानल चेन्सवाला मात्र हौँ ।’

गुल्मी, पाल्पा र अर्घाखाँचीमा मिसन ग्रासरुट सकेर अध्यक्ष ओली बुटवल आइपुग्नुभएको छ। आजै उहाँले यहाँको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको सो दलले जनाएको छ।