अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषी विकास बैंक कर्मचारी संगठनको महाधिवेशन आज देखि,अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने

कृषी विकास बैंक कर्मचारी संगठनको महाधिवेशन आज देखि,अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने


भक्तपुर -नेकपा एमाले निकट कृषी विकास बैंकमा कार्यरत कर्मचारीको संगठन कृषी विकास बैंक कर्मचारी संघको ११ औं महाधिवेशन आजबाट सुरु हुदैछ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको दिउसो ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आज र भोली हुने कार्यक्रमले नयाँ नेतृत्व चयन गर्नेछ ।


कार्यक्रममा चालु कार्यकालको समिक्षा सहित बन्द सत्र हुने र भोली नेतृत्व चयन गर्ने तयारी छ । नेतृतवका लागि आकांक्षीको संख्या धेरै भए पछि सर्वसम्मत ढंगबाट नेतृत्व छनौट गर्ने गरी तयारी गरिएको संघले जनाएको छ ।