अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 फेरि बढ्यो सुनचाँदीको मूल्य

 फेरि बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ-सुनको मूल्य फेरि बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको हो । 

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदी भने अघिल्लो दिन मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।