अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो


काठमाडौँ-नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँ घटेको छ । 

आज छापावाल सुन तोलामा एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार उक्त सुन तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ  । 

त्यस्तै चाँदीको मूल्य आज तोलामा एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।