अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


काठमाडौँ-नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको एक लाख आठ हजारमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन तोलाको एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।