अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य घट्यो 

सुनको मूल्य घट्यो 


काठमाडौँ-स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलामा ७०० ले घटेर एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । 

आइतबार छापावाल सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।