काठमाडौँ-संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरमा आधारित समाचार म्यागाजिन टाइमले सन् २०२३ का सबैभन्दा प्रभावशाली व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ ।
यो सूचीमा कलाकार, आविष्कारकर्ताहरू, टिटान्स, लिडर, आइकन, पायोनियरलगायत छन् ।
यो सूचीमा एलन मस्क, बेलायतका राजा किङ चाल्र्स, भारतीय चलचित्र निर्देशक एसएस राजामौली, अमेरिकी राष्ट्रपति जो बाइडेन, बलिउड अभिनेता साहरुख खान, मोडल बेल्ला हाडिड, ओपन एआईका संस्थापकमध्येका साम लगायत छन् ।
यस्तै अमेरिकी युट्युबर मिस्टरबिस्ट, युकेनी प्रथम महिला ओलेना जेलेन्स्का, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज, जापानका प्रधानमन्त्री फुमियो किसिदा, जर्मन चान्सलर ओलाफ स्कोल्जलगायत छन् ।
फुटबलर लिओनेल मेस्सी, कलियिन एम्बाप्पे, भारतीय मूलका अमेरिकी लेखक एवं अभिनेत्री पद्मा पार्वती, वियोन्स, टिकटकका सीईओ एवं सिंगापुरका व्यापारी शाउ जि च्यु, डिज्नीका प्रमुख कार्यकारी अधिकृत रोबर्ट इगर, कलाकार माइकल बी जोर्डन, अमेरिकी अभिनेत्री जेनिफर कूलिज, अमेरिकी र्यापर डोजा क्याटलगायत रहेका छन् ।-एजेन्सी






प्रतिक्रिया