अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 


काठमाडौँ-नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०९ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४४ पैसा र बिक्री दर १६४ रुपैयाँ १९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।