अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतका पूर्वसांसद अतिक अहमदको हत्या

भारतका पूर्वसांसद अतिक अहमदको हत्या


काठमाडौँ-उत्तर प्रदेशको प्रयागराजमा पूर्व सांसद अतिक अहमद र उनका भाइ अशरफको शनिवार राती गोली हानी हत्या गरिएको छ ।

उत्तर प्रदेश प्रहरीले पूर्व सांसद अतिक अहमद र उनका भाइको हत्या भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार आक्रमणकारी पत्रकार बनेर आएका थिए ।

तीनै आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई लिएर उच्चस्तरीय बैठक बोलाएका छन् ।

योगी आदित्यनाथले पनि यस विषयमा उच्चस्तरीय छानबिनको आदेश दिएका छन् । घटनाको छानबिन गर्न तीन सदस्यीय न्यायिक आयोग पनि गठन गरिएको छ ।

घटनाको विवरण दिँदै प्रयागराजका प्रहरी आयुक्तले भने, ‘अतीक अहमद र उनका भाइ अशरफलाई कानुनी आवश्यकताहरू पूरा गर्न स्वास्थ्य परीक्षणका लागि लगिएको थियो । त्यही क्रममा यो घटना भएको हो ।’-एजेन्सी

Skip This