अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तकोशी नदीमा बेपत्ता तीन युवकमध्ये एकको मृत्यु

सप्तकोशी नदीमा बेपत्ता तीन युवकमध्ये एकको मृत्यु


कोशी व्यारेज – सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक युवकको मृत फेला परेको छ। आफन्तको श्राद्धमा जाने कममा सुनसरीको वराहक्षेत्रस्थित कोशी नदीमा बुधबार बिहानदेखि तीन युवक बेपत्ता भएका थिए।

नदीमा बेपत्ता भएकामध्ये झापाको दमक-२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भंगालोमा फेला परेको सुनसरीका एसपी प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार बेपत्ता रहेका दमक ९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लावारी ७ का १८ वर्षीय राज गुरागाईँको खोजी भइरहेको छ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गोताखोर टोलीसहित स्थानीयहरूले बेपत्ता दुवै जनाको खोजी गरिरहेको एसपी ढकालले बताउनु भयो।

Skip This