अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराजा ज्ञानेन्द्रलाई एमाले अध्यक्ष ओलीको चेतावनी: छोरा-बुहारी अगाडि सारेर बढता फुरफुर नगर !

पूर्वराजा ज्ञानेन्द्रलाई एमाले अध्यक्ष ओलीको चेतावनी: छोरा-बुहारी अगाडि सारेर बढता फुरफुर नगर !


इलाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न चेतावनी दिनुभएको छ। झापामा आफूमाथि आक्रमण गर्दा हिमानी शाहले जनताले ढुंगा हानेछन भनेर ट्वीट गरेको भन्दै छोरा बुहारीका नाममा चलखेल नगर्न ओलीले पूर्वराजालाई चेतावनी दिनुभएको हो ।

इलाममा ‘ज्ञानेन्द्र साह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन्। अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे,’ इलाममा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भन्नुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर फुरफुर गरेको पनि बताउनु भयो ।

‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’, एमाले सहनशील भएर धेरै हिसाब नगरेको भन्दै ओलीले जवाफ दिनुपरे निकै महंगो सावित हुने बताउनु भयो । ‘हिसाब किताब गर्न नपरोस्, छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर,’ अध्यक्ष ओलीको चेतावनी थियो ।

Skip This