अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दशैंका लागि आजदेखि अग्रिम बस टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन

दशैंका लागि आजदेखि अग्रिम बस टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन

यो बेला
0
Shares

काठमाडौं-दशैंमा घर जाने यात्रुका लागि सरकारले आज (शुक्रबार) देखि अग्रिम बस टिकट बुकिङ खुला गरेको छ। टिकट पाउने आशमा यात्रुहरू गएरातिदेखि नै काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टर अगाडि लाइनमा बसेका छन्।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लामा जाने यात्रुहरू बिहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइनमा बसेका थिए।

दशैंको अग्रिम टिकट बुकिङलाई व्यवस्थित बनाउन लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा काउन्टर थप गरेको जनाएको छ। यात्रुको चापलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको कम्पनीले जनाएको छ।

दशैंमा घर जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ खुला गरिएको हो। थप काउन्टर र सुरक्षा व्यवस्थामार्फत यात्रुलाई टिकट लिन सहज बनाउने प्रयास गरिएको छ।