अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहुप्राविधिक विद्यालय उद्घाटन गर्न अध्यक्ष ओली जन्मस्थान आठराई जाँदै

बहुप्राविधिक विद्यालय उद्घाटन गर्न अध्यक्ष ओली जन्मस्थान आठराई जाँदै


फिदिम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो जन्मथान तेह्रथुमको आठराईमा निर्माण भएको बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्दैहुनुहुन्छ । उक्त कार्यक्रममा जानका लागि अध्यक्ष ओली हिजो नै फिदिम पुग्नु भएको छ । आज मध्यपहाडी लोकमार्ग हुँदै अध्यक्ष ओली आठराई जाने कार्यक्रम छ ।


प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद(सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीका अनुसार तीन वर्ष देखि यहाँ तेस्रो बाली विज्ञान र पशु विज्ञानको तीनवर्षे डिप्लोमा कार्यक्रम सञ्चालन भइरहेको छ । प्रधानमन्त्री भएका ओलीले यो भवन भर्चुअल विधीबाट शिलान्यास गर्नुभएको थियो । साढे ५ करोड रुपैंया लागतको दुईतले भवन आज उद्घाटन हुदैछ । अर्काे भवन ढेड करोड रुपैंयाको लागतमा निर्माणाधिन छ ।
प्राविधिक विद्यालय सञ्चालनका लागि अध्यक्ष ओलीले आफ्नै पैत्रिक सम्पतीको रुपमा रहेको १ सय रोपानी जमिन उपलब्ध गराउनुभएको छ ।