अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक परिवर्तन भयो, आर्थिक-सामाजिक परिवर्तन हुन सकेन: सुवास नेम्वाङ

राजनीतिक परिवर्तन भयो, आर्थिक-सामाजिक परिवर्तन हुन सकेन: सुवास नेम्वाङ


तेह्रथुम – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेपालमा राजनीतिक परिवर्तन भए पनि आर्थिक सामाजिक परिवर्तन सोचे जस्तो हुन नसकेको बताउनुभएको छ।

तेह्रथुमको आठराईमा निर्माण भएको तेह्रथुम बहुप्राविधिक शिक्षालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै नेम्वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देशको सामाजिक र आर्थिक परिवर्तनको लागि समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना अघि सार्नुभएको बताउनुभयो । सोही परिकल्पना अनुसार प्रत्येक पालिकामा प्राविधिक शिक्षालयको अवधारणा अघि सारिएको उहाँले प्रष्ट पार्नुभयो ।

केपी ओलीले देश र आफू जन्मिएको ठाउँ कस्तो बनाउने भन्ने परिकल्पना गरेको उहाँले बताउनुभयो । कतिपय अप्ठेरा, सप्ठेरा भए पनि उहाँले गरेको परिकल्पना तर्फ समाज अघि बढेको उहाँको भनाइ छ ।

देशमा जनताको लागि जनताको संविधान बनाउने कुरामा, संघीय गणतन्त्र, समावेशिता सहितको संविधान बनाउने कुरामा नेपालले सफलता प्राप्त गरेको उहाँले बताउनुभयो। जनताको आर्शीवाद प्राप्त गरेर जनतालाई अधिकार सम्पन्न बनाएको भए पनि आर्थिक र सामाजिक परिवर्तन भने हुन नसकेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो।

Skip This