अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा स्कुल बस दुर्घटना: मृत्यु हुनेको संख्या पाँच पुग्यो

पोखरामा स्कुल बस दुर्घटना: मृत्यु हुनेको संख्या पाँच पुग्यो


कास्की-कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा आज बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा यसअघि तीन जनाको मृत्यु भएकोमा थप दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।

कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेको ग २ ख १४१७ नम्बरको बस पोखरा–२८ माझठानाबाट कालिकातर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त बसमा २५ जना सवार रहेको बताइएको छ। तीमध्ये २१ जना विद्यार्थी थिए। उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए । सबै विद्यार्थी कक्षा १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

एसपी कार्कीका अनुसार दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी छ । उद्धार कार्य सकिएपछि मृतकहरूको पहिचान गर्ने प्रक्रिया अघि बढाइने उनले बताएका छन्।