काठमाडौं – सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री अमनलाल मोदीले सरकारी कर्मचारीहरुले सरकारको नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनिएको बताउनुभएको छ।
शुक्रवार काठमाडौंमा नेपाल आयल निगम कर्मचारी संघको नौं राष्ट्रिय महाधिवेसनमा बोल्दै मन्त्री मोदीले यस्तो बताउनुभएको हो । उहाँले सरकारी कर्मचारीहरुले सरकारको नीति अनुसार जनतालाई दिने सार्वजनिक सेवा सहज रुपमा दिन नसक्दा सरकारले आलोचना आउने गरेको भन्दै कर्मचारीहरुले जनता सकारात्मक हुनेगरी काम गर्नु आग्रह गर्नुभयो । उहाँले पछिल्लो उपनिर्वाचनको परिणाम कर्मचारीहरुले सरकारले दिएका सेवाहरुको जनतालाई सकारात्मक बनाउन नसक्दाको परिणाम भएको उल्लेख गर्नुभयो । मन्त्री मोदीले विभिन्न राजनितिक आन्दोलनबाट बनेका राजनीतिक दलका नेताहरुको संघर्षलाई समेत कर्मचारीहरुले काम नगर्दा उनीहरुको योगदान पानीको फोका जस्तै फुटेर जाने अवस्था देखिएको बताउनु भयो। उहाँले सरकारले गरेका काम कर्मचारीहरुमार्फत जनतामा सकारात्मक रुपमा जान नसक्दा जनताले विकल्पहरु खोज्न थालेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘राजनीतिक दलहरुले निर्वाचनको बेलामा उठाएका एजेण्डाहरु सरकारमा आएपछि कार्यान्वयन गर्ने सरकारी कर्मचारीहरु हो । कर्मचारीहरुले सरकारको नीति सही तरिकाले कार्यान्वयन गर्नुभएन भने सरकारको विभिन्न तवरबाट आलोचना हुनेगर्छ । जनताहरु तत्काल सेवा चाहन्छन् । कर्मचारीहरुले सार्वजनिक सेवा समयमा नदिँदा त्यसको अर्कोस् राजनीतिक दलमाथि गर्दोरहेछ । विभिन्न राजनितिक आन्दोलनबाट बनेका राजनीतिक दलका नेताहरु विभिन्न संघर्ष गरेका हुन्छन् । तर कर्मचारीहरुले काम नगर्दा उनीहरुको योगदान पानीको फोका जस्तै फुटेर जान्छन् । सरकारले गरेका काम कर्मचारीहरु मार्फत जनतामा सकारात्मक नजाँदा विकल्पहरु खोज्न थालेको हुन्छन् । अहिलेदेखि राखिएको छ । सरकारले गरेका काम कर्मचारीहरुले सही तरिकाले काम नगर्दा जनतामा गएको नकारात्मक सन्देशले विभिन्न तवरबाट प्रकट भइरहेको छ । मानौं अहिले नै जादुको छडीबाट समाज परिवर्तन भइहाल्छ । त्यस्तो किसिमको सोच र दृष्टिकोणबाट जनमत बिग्रने गर्छ । कर्मचारीहरुले सत्य कुरा के हो भनर जनताहरुलाई नबुझाउँदा अहिले हामी भन्दा उमेरले पाको लागि युवा नेता देख्छन् । उहाँहरु कुनै अन्तरिक्षबाट आएका होइनन् । कुनै नयाँ फ्याक्ट्रीबाट आएका होइनन् । यही समाजको उत्पन्न भएका मान्छेहरु हुन् । तर उनीहरुले मात्रै गर्छन् भन्ने समाज हल्ला छ ।’
मन्त्री मोदीले अहिले नै जादुको छडीबाट समाज परिर्वतन हाल्ने जस्तो सोच र दृष्टिकोणबाट जनमत बिग्रन थालेको बताउनु भयो। उहाँले कर्मचारीहरुले सत्य कुरा जनतालाई बुझाउन नसक्दा आफूभन्दा उमेरले पाकालाई युवा नेता देख्न थालेको टिप्पणी गर्नुभयो । उहाँले जनताले भगवान ठानेकाहरु कुनै अन्तरिक्ष वा नयाँ फ्याक्ट्रीबाट आएका नभएर यही समाजको उत्पन्न भएका मान्छेहरु भएकाले उनीहरुले मात्रै गर्छन भन्ने भ्रममा पर्न नहुने बताउनु भयो ।






प्रतिक्रिया