काठमाडौं – नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्न खोजेको हो भन्दै प्रश्न गर्नुभएको छ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘गृहमन्त्रीले झापा घटनाको बारेमा संवेदनशील भएको जनाउँ त दिनुभयो। तर, सोध्न चाहन्छु त्यो घटना हुँदैछ भनेर गृहमन्त्रीलाई थाहा छ। सभामुखको च्याम्बरमा प्रतिपक्षी दलले आफूले पाएको सूचना शेयर गरेको छ। सरकारको नियत र उद्देश्य के ?’
उहाँले प्रदेश १ को नामकरण ओलीले नभएर प्रदेशसभाले गरेको प्रष्ट पार्नुभयो।
नेता बास्कोटाले भन्नुभयो, ‘केपी ओली एमालेको अध्यक्ष मात्र होइन। यो मुलुकको दुई–दुईपटकको पूर्वप्रधानमन्त्री हो। उहाँको ऐतिहासिक योगदान छ । अब यो देशको अर्को मान्छेले चीनसँग अर्को सम्झौता गर्नुपर्दैन। त्यसका निम्ति अर्को कदम उठाउनु पर्दैन । के उहाँको हत्या गराउन खोजेको हो?’
प्रधानमन्त्री प्रचण्डको पार्टीले मान्छेले अन्तर्राष्ट्रिय जाति हुनेछ भनेर गीत गाउँदै हिँडेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘बाहुन भेटे बाम्सालिङ, तामाङ भेटे ताम्लासिङ, नेवार भेटे नेवाः, गुरुङ भेटे तमुवान भन्दै हिँडेको परिणाम आज आफ्नै कार्यकर्ता सम्हाल्न सक्नुभएन । नेपाल बहुभाषिक, बहुसांस्कृतिक देश हो । हिजो धतुरो रोप्नुभएको थियो, आज सुन्तला फलेन ।’
उहाँले झापा घटनाको जवाफ गृहमन्त्रीले दिन नसकेकाले प्रधानमन्त्रीबाटै आउनुपर्ने माग गर्नुभयो । गृहमन्त्री र रक्षामन्त्रीलाई समेत घटनाबारे जानकारी हुँदै मौन बसेको उहाँले आरोप लगाउनु भयो ।






प्रतिक्रिया