अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आजदेखि बारले आन्दोलन गर्दै

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आजदेखि बारले आन्दोलन गर्दै


काठमाडौँ-नेपाल बार एसोसिएशन आजदेखि आन्दोलनमा उत्रने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो ।

‘वैशाख १७ गतेबाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संवैधानिक परिषद् प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव अधिवक्ता अन्जिता खनालले जानकारी दिनुभयाे ।

स्वतन्त्र न्यायपालिकाको रक्षा गरौं, न्यायालय भित्रको भ्रष्टाचार, विकृत, विसङ्गति अन्त्य गर, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागु गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाऊ, सुनवाइ समिति गठन गर भन्ने मागसहित बार आन्दोलनमा उत्रेको हो ।