अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिपरको ठक्करबाट एक स्कूले बालकको मृत्यु भएपछि धनुषामा तनावग्रस्त

टिपरको ठक्करबाट एक स्कूले बालकको मृत्यु भएपछि धनुषामा तनावग्रस्त


जनकपुरधाम-धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरमा टिपरको ठक्करबाट एक बच्चाको मृत्यु भएको छ भने एक घाइते भएपछि अवस्था तनावग्रस्त बनेको छ।

प्रदेश २-०३-००१ क १६२१ नम्वरको टिपरको ठक्करबाट सबैला नगरपालिका १२ सिर्खाटोलका ७ वर्षिय बालक रिया यादवको घटनास्थलमै मृत्यु भएको हो। ठक्करबाट सोही ठाउँकी राधी कुमारी घाइते भएकी छन् । उनलाई उपचारका लागि जनकपुरतर्फ लगिएको छ।

मृतक बालक र घाइते बालिका स्कूल पढेर घरतर्फ जाने क्रममा टिपरले ठक्कर दिएको बताइएको छ । दुर्घटनापछि टिपरका चालक फरार भएका छन् ।

आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा तोडफोड र आगजनी गर्न खोज्दा प्रहरीले हवाई फायर गरेका छन् । स्थानीयले टिपरमा लगाएको आगो प्रहरीले नियन्त्रणमा लिएको छ । टिपरको टायर र केहि भाग जलेको छ।

ढुंगामुढाबाट टिपरको सिसा समेत फुटेको छ । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।