अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिलालाई विज्ञापनको साधन बनाइनु गलत हो: सञ्चारमन्त्री शर्मा

महिलालाई विज्ञापनको साधन बनाइनु गलत हो: सञ्चारमन्त्री शर्मा


काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाउन नहुने बताउनुभएको छ। आज ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

कुनै पनि विषयको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिन नहुने उहाँले बताउनुभयो । कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिनेगरेको भने पनि सुन्दरताका लागि मात्रै महिला विज्ञापनको साधन बन्नेकुरा आफैँमा गलत रहेको बताउनुभयो । विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्ने उहाँले चर्चा गर्नुभयो ।  

उहाँले भन्नुभयो, ‘विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्छ । त्यसले कुनै विषयमा कतै पनि घोचपेच गरिएको हुनु हुँदैन। हाम्रो संविधान, कानून, भएको कुरा उल्लङ्घन भएको हुनु हुँदैन ।’

‘कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने किन ?’ जिज्ञासा गर्नुहुँदै मन्त्री शर्माले भन्नुभयो, ‘महिलाको सुन्दरताका कारणले हो भनिन्छ तर त्यसो होजस्तो मलाई लाग्दैन । सुन्दरता हरेक वस्तुमा हुन्छ, पुरुषमा पनि हुन्छ ।’

सुन्दरताकै कारण विज्ञापनको साधन बन्नुपर्छ भन्नेकुरा आफैँमा बेठिक छ । विज्ञापन कसैलाई घोचपेच गरेर आउनु हुँदैन उहाँले भन्नुभयो । मन्त्री शर्माले विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

Skip This