अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग नगर्न गाउँपालिका अध्यक्ष मेजर राईको निर्देशन

कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग नगर्न गाउँपालिका अध्यक्ष मेजर राईको निर्देशन


उदयपुर-उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा कर्मचारीहरुलाई कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग बन्द गर्न गाउँपालिका अध्यक्ष मेजर राईले निर्देशन दिनुभएको छ।

गाउँपालिका अध्यक्ष राईले कार्यालय प्रयोजनको कामकाजको लागि आवश्यक बाहेक कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग नगर्न हुन निर्देशन दिनुभएको हो।

अध्यक्ष राईले प्रमुख प्रशासकीय अधिकृतदेखि कार्यालय सहयोगीसम्मले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न बन्द गर्न निर्देशन दिनुहुँदै सामाजिक सञ्जाल फेसबुकमा लेख्नभएको छ, ‘लिम्चुङबुङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत देखि कार्यालय सहयोगी सम्मले (कार्यालय प्रयोजनको कामकाजको लागि आवश्यक बाहेक)कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग नगर्न हुन निर्देशन छ।’

उहाँले कार्यालय समय अवधिभर सामाजिक सञ्जालमा कर्मचारीहरुलाई देखिएको खण्डमा गाउँपालिकाले त्यस्ता कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिँदै लेख्नहुन्छ, ‘कार्यालय समय अवधिभर सामाजिक सञ्जालमा (कार्यालय प्रयोजनको काम बाहेक) अन्य कुरामा लाइक, सेयर र कमेन्ट गरेको देखिए, भेटिए स्वत: गाउँकार्यपालिका आकर्षित हुनेछ।’

सामाजिक सञ्जाल चलाउँदा कार्यालय सञ्चालन र सेवा प्रवाहमा समस्या आएको देखेर यस्तो निर्णय गरको अध्यक्ष राईले बताउनु भयो । उहाँले भन्नुभयो, ‘नयाँ परिवेशमा कार्यालयहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउनु अति आवश्यक छ। त्यसैले सामाजिक सञ्जालको प्रयोग बन्द गरी जनतालाई सहज र सुलभ ढंगले सेवा दिनै पर्छ।’

कर्मचारीहरुले (फेसबुक, युट्युब, टिकटक) लगायतका सामाजिक चलाएर बस्दा अस्वभाविक, अव्यवहारिक देखिएकाले गम्भीरताका साथ लिएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अफिस (कार्यालय) जाने भनेको त अफिसकै काम गर्नका लागि हो। गाउँपालिकाकाको अफिसमै बसेर गर्ने धेरै काम हुन्छ, तर अफिसको कामै छोडेर सामाजिक सञ्जाल हेरेर बस्यो भने त अफिसको काम नहुने भो।’