काठमाडौं – योहो टेलिभिजनबाट वैशाख २८ गते ‘शरणार्थी प्रकरणः ओली-देउवा दम्पतिकै नाम मुछियो, गृहमन्त्रीको निर्देशन, एसएसपी कार्की गम्भीर तयारीमा’ शीर्षकमा प्रसारित समाचारको खण्डन गरेको छ।
प्रेस काउन्सिलका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले २९ वैशाख विज्ञप्ति जारी गर्दै ‘शरणार्थी प्रकरणः ओली-देउवा दम्पतिकै नाम मुछियो, गृहमन्त्रीको निर्देशन, एसएसपी कार्की गम्भीर तयारीमा’ शीर्षकको समाचारप्रति राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण भएको जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘योहो टेलिभिजनबाट वैशाख २८ गते ‘शरणार्थी प्रकरणःओली-देउवा दम्पतिकै नाम मुछियो, गृहमन्त्रीको निर्देशन, एसएसपी कार्की गम्भीर तयारीमा’ शीर्षकमा प्रसारित सामग्रीको सम्बन्धमा तपाईंबाट मिति २०८०/०१/२९ मा उजुरी दर्ता भएको थियो। उक्त उजुरीको सम्बन्धमा सम्बन्धित मिडियालाई २०८०/०१/२९ पत्राचार भएकोमा मिडियाबाट खण्डन प्रसारण गरी काउन्सिललाई जानकारी गराएको हुँदा सोको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ। साथै कुनै प्रतिक्रिया भए पठाउन हुन समेत जानकारी गराइन्छ।’
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले योहो टेलिभिजनमा प्रसारित समाचारको बारेमा प्रेस काउन्सिललाई खण्डन गर्नका निम्ति ध्यानाकर्षण गराउनु भएको थियो।
थेबेले लेखेको पत्रमा भनिएको छ, ‘तथ्यहिन प्रायोजित समाचार प्रशारण गरेकोमा योहो टेलिभिजन आफैंले क्षमायाचना गरेको छ। तर यसबाट समाजलाई दिग्भ्रमित पारेको क्षति कसले व्यहोर्छ ?’
योहो टेलिभिजनले प्रसारित सामग्रीको कुनै प्रतिक्रिया भए पठाउन आग्रह गरेको छ। ‘योहो टेलिभिजनबाट वैशाख २८ गते ‘शरणार्थी प्रकरणः ओली देउवा दम्पतिकै नाम मुछियो, गृहमन्त्रीको निर्देशन, एसएसपी कार्की गम्भीर तयारीमा’ शीर्षकमा प्रसारित सामग्रीको सम्बन्धमा तपाईंबाट मिति २०८०/०१/२९ मा उजुरी दर्ता भएको थियो । उक्त उजुरीको सम्बन्धमा सम्बन्धित मिडियालाई २०८०/०१/२९ पत्राचार भएकोमा मिडियाबाट खण्डन प्रसारण गरी काउन्सिललाई जानकारी गराएको हुँदा सोको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ। साथै कुनै प्रतिक्रिया भए पठाउन हुन समेत जानकारी गराइन्छ।’
सञ्चार माध्यमबाट खण्डन प्रसारण गरिएको सामग्रीको युट्युव (भिडियो लिङ्क) समेत राखिएको योहो टेलिभिजनले जनाएको छ।






प्रतिक्रिया