अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको ७६८ मत, कसले कति पाए ?

कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको ७६८ मत, कसले कति पाए ?


काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदको मतगणना जारी छ । आज बिहान ६ बजेसम्मको मतगणना परिणामअनुसार रामहरि खतिवडाले सर्वाधिक ७६८ मत प्राप्त गरेका छन् ।

मतगणनाको पछिल्लो विवरणअनुसार अजयबाबु शिवाकोटीले ५४८, डिल्लीराज सुवेदीले ४३९ र देवेन्द्रराज कँडेलले ३३४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, विकास कोइरालाले २८४, राजीव ढुंगानाले २५३, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन् ।

खुला सहमहामन्त्री पदका लागि जारी मतगणनाको अन्तिम परिणाम भने आउन बाँकी छ ।

बिहान ६ बजेसम्मको मतपरिणाम

१. रामहरि खतिवडा — ७६८ मत
२. अजयबाबु शिवाकोटी — ५४८ मत
३. डिल्लीराज सुवेदी — ४३९ मत
४. देवेन्द्रराज कँडेल — ३३४ मत
५. विकास कोइराला — २८४ मत
६. राजीव ढुंगाना — २५३ मत
७. रमेशप्रसाद धमला — २०५ मत
८. अमृतकुमार अर्याल — १७६ मत
९. विमलराज क्षेत्री — ६१ मत