काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्। खुलातर्फ दुई र महिलातर्फ एक गरी तीन महामन्त्री निर्वाचित भएका हुन्।
खुलातर्फ प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेर विजयी भएका छन्। त्यस्तै, उदयशमशेर राणा २ हजार ३३० मत प्राप्त गर्दै महामन्त्रीमा निर्वाचित भएका छन्।
खुलातर्फका अन्य प्रत्याशीमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।
यसैगरी, महिला महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत पाएकी छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट खुलातर्फ पौडेल र राणा तथा महिलातर्फ संग्रौला महामन्त्रीमा निर्वाचित भएका हुन्।



प्रतिक्रिया