अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबैभन्दा असंगठित र अव्यवस्थित प्रधानमन्त्री कार्यालय नै हो: रघुजी पन्त

सबैभन्दा असंगठित र अव्यवस्थित प्रधानमन्त्री कार्यालय नै हो: रघुजी पन्त


काठमाडौं – नेकपा एमालेका सांसद रघुजी पन्तले समितिको कामलाई योजनावद्ध ढंगले गर्न जरुरी रहेको बताउनु भएको छ ।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले समिति सुशासन कायम गर्ने, सुदृढीकरण गर्ने भूमिकामा रहनुपर्ने पनि बताउनु भयो।

उहाँले भन्नुभयो, ‘समितिको कामलाई योजनावद्ध ढंगले गर्न जरुरी छ। सुशासन कायम गर्ने, सुदृढीकरण गर्ने भूमिकामा हामी छौँ, समितिले खेल्ने भूमिका के हो ? सबैभन्दा असंगठित र अव्यवस्थित प्रधानमन्त्री कार्यालय नै हो, त्यो व्यवस्थित छैन। राजनीतिक अस्थिरताले प्रभावकाकरी बन्न सकेको छैन। नेपालको समिति प्रणाली अति लोकतान्त्रिक छ, त्यसले हाम्रो संवेदनशीलतामा अफ्ठ्यारो भइरहेको छ।’

अहिले सबैभन्दा असंगठित र अव्यवस्थित स्थान प्रधानमन्त्री कार्यालय रहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन हुन जरुरी रहेको बताउनु भयो। 

प्रधानमन्त्री कार्यालय राजनीतिक अस्थिरताका कारण व्यवस्थित हुन नसकेको बताउनु भयो ।