अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चार कुरामा सुधार गरे भ्रष्टाचार अन्त्य हुन्छ: सुरेन्द्र पाण्डे

चार कुरामा सुधार गरे भ्रष्टाचार अन्त्य हुन्छ: सुरेन्द्र पाण्डे


काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चार कुरामा सुधार गरे भ्रष्टाचार अन्त्य हुने बताउनु भएको छ।

‘द नेशनल बैंकिङ डिस्कोर्श’ कार्यक्रमा उहाँले कर प्रणाली, मालपोत, प्रमाणपत्र, (नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र) र यातायात कार्यालयका काम अनलाइन गर्न सकिए भ्रष्टाचार अन्त्य हुने बताउनु भएको हो।

‘कर प्रणालीलाई ट्रान्सपरेन्सी गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘म अर्थमन्त्री भएको भए कर प्रणाली, मालपोत तथा नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र) र यातायात कार्यालयका काम अनलाइन व्यवस्था गर्थें।’