काठमाडौँ-नेकपा (एमाले) को स्थायी कमिटी बैठकले १३ जनालाई पार्टीको केन्द्रीय कमिटीमा मनोनीत गरेको छ।
पार्टी सचिव महेश बस्नेतका अनुसार केन्द्रीय कमिटीमा मनोनीत हुनेमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन्।
बैठकले पार्टीका बाँकी एजेन्डा उपयुक्त समयमा अध्यक्षले बैठक बोलाएर टुंग्याउने निर्णयसमेत गरेको छ। सचिव बस्नेतले बैठकका बाँकी विषय अध्यक्षले बोलाउने आगामी बैठकबाट टुंगो लगाइने जानकारी दिएका छन्।



प्रतिक्रिया