काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भीर नभएको आरोप लगाउनुभएको छ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले यस्तो आरोप लगाउनुभएको हो। उहाँले मुलुकको व्यापार व्यवसाय चौपट रहेको भन्दै जनता त्रासमा गुज्रिएकाले सरकार अर्थतन्त्रलाई चलायमान बनाउन के गरिरहेको छ ? त्यसको जानकारी दिनुपर्ने बताउनु भयो।
उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानको बाटोमा लैजानको लागि सरकारले गरिरहेका कामको बारेमा जनतालाई यथार्थ जानकारी दिन माग गर्नुभयो। उहाँले सरकारले अर्थतन्त्र मन्दीको स्थितिमा जाँदा समेत गम्भिर हुन नसक्ने राम्रो नभएको बताउनु भयो।
उहाँले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा अर्थमन्त्रीलाई बोलाएर समितिमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो।




प्रतिक्रिया