काठमाडौं – सरकारले विसं २०६२-०६३ को जनआन्दोलनका ज्युँदा सहिद बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाइ सहिद घोषणा गर्ने निर्णय गरेको हो।
जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो।
गोलीका कारण उहाँ अचेत बनेका उहाँलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो। उहाँको गत वैशाख २८ गते निधन भएको थियो।






प्रतिक्रिया