अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीति तथा कार्यक्रममा रोजगारीलाई प्राथमिकता दिन सुझाव

नीति तथा कार्यक्रममा रोजगारीलाई प्राथमिकता दिन सुझाव


काठमाडौं – सत्तारुढ गठनबन्धन दलका शीर्ष नेताले कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने सुझाव दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशरण महतले सरकारको आगामी नीति तथा कार्यक्रम कस्तो ल्याउने भन्नेबारे सुझावका लागि आज आह्वान गर्नुभएको गठनबन्धको बैठकमा शीर्ष नेताले विदेश पलायन हुने युवालाई रोक्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका हुन्।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डेले भन्नुभयो, “सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ, गठबन्धन दलका सबैबाट प्रधानमन्त्री र अर्थमन्त्रीले के-के विषयवस्तुमा अघि बढ्ने भनेर सुझाव माग्नुभयो, हामीले पनि त्यहीअनुसार सुझाव दिएका छौँ ।” उहाँले संसद्मा पनि सिद्धान्त र प्राथमिकताबारे सांसदले सुझाव राखिसकेको सन्दर्भ उल्लेख गर्दै बैठकमा कतिपय नेतालाई लेखेरै सुझाव दिने भन्नुभएको जानकारी दिनुभयो।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बैठकमा अहिलेको अर्थव्यवस्था र मुलुकको अवस्थाको बारेमा छलफल भएको र प्रणाली सुधार हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सिंहदबारमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरूको सहभागिता थियो।

Skip This