अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय गौरवका आयोजनाका पदाधिकारी सरुवा नहुने व्यवस्था गर्नुपर्छ: अध्यक्ष तिमिल्सिना

राष्ट्रिय गौरवका आयोजनाका पदाधिकारी सरुवा नहुने व्यवस्था गर्नुपर्छ: अध्यक्ष तिमिल्सिना


काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै पूरा गर्न आयोजनामा कार्यरत पदाधिकारीको सरुवा नहुने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले तोकिएको समयमा काम पूरा गर्नेगरी पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो । “राष्ट्रिय गौरवका आयोजना समयमा पूरा भएका छैनन्, यस्ता आयोजना समयमा पूरा नगर्ने जिम्मेवार पदाधिकारीलाई अन्यत्र सरुवा नहुने व्यवस्था सरकारले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसो गरियो भने जवाफदेही सोही पदाधिकारीको हुने भएकाले काम समयमै सम्पन्न हुन्छ ।” उहाँले उपलब्ध भएसम्म विकास, निर्माणका काममा स्वदेशी कच्चा पदार्थको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना भनेर जथाभावी नामकरण गर्न नहुने र स्पष्ट परिभाषा तय गरेर मात्रै नामकरण गर्न उपयुक्त हुने उल्लेख गर्नुभयो । उहाँले देशमा राष्ट्रिय गौरवको आयोजना जति थोरै भयो त्यति गौरव हुने बताउनुभयो ।–––