काठमाडौं – नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले उत्पादनमा वृद्धि गरी स्वदेशमै आत्मनिर्भर हुनुपर्ने नीति ल्याउनुपर्ने बताउनु भएको छ।
आज सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो।
सांसद थापाले भन्नुभयो, ‘खर्बौंको उपभोग्य वस्तु हामी आयात गर्छौं, हरेक वर्ष बजेटमा यो खालको यहाँ उत्पादन हुन सिंचाई पुगिरहेको छ, खेतीयोग्य ठाउँ छ, तर हामीले उत्पादन बढाउने हिसाबले अघि बढेको पाएनौँ, पोलिसी नै निर्माण गरेर जाने हो।’
समितिको बैठकमा बोल्दै उहाँले उत्पादन बढाउन सक्ने उपायको बारेमा सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘उत्पादनलाई फोकस गर्नेगरी पोलिसीमा कमी भए कसरी हटाउने कसरी थप्ने भन्ने बारेमा सोच्नुपर्छ।’
सांसद थापाले आवश्यक नीति निर्माण गरी उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।




प्रतिक्रिया