अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा संयुक्तका नेता विजय पौडेलको निधन

नेकपा संयुक्तका नेता विजय पौडेलको निधन


काठमाडौं-नेकपा संयुक्तका नेता विजय पौडेलको निधन भएको छ। उनको सोमबार स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो।

नैकापस्थित आफ्नै निवासमा असहज महसुस भएपछि उनलाई अस्पताल लैजाने तयारी गरिएको थियो। अस्पताल पुर्‍याउनुअघि नै उनको निधन भएको हो।

उनलाई हृदयघात भएको आशंका गरिएको छ। यद्यपि, हृदयघात नै मृत्युको कारण भएको पुष्टि भइसकेको छैन।

पौडेलका श्रीमती र दुई छोराछोरी छन्।