काठमाडौँ-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विरोधीका षड्यन्त्र चिर्न नसक्दा गत निर्वाचनमा पार्टी पछि परेको बताएका छन्। उनले विरोधीका षड्यन्त्रलाई निष्प्रभावी बनाउँदै अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलन र क्रान्ति सधैँ सीधा रेखामा अघि नबढ्ने बताए। उनका अनुसार आन्दोलन र क्रान्ति बक्र रेखाबाट अघि बढ्ने भएकाले चुनौतीहरूको सामना गर्दै अघि बढ्न सक्नुपर्छ।
‘यस पटक हामीले विरोधीका षड्यन्त्रलाई चिर्न सकेनौँ, पराजित गर्न सकेनौँ,’ ओलीले भने, ‘त्यसकारण हामी पछाडि पर्यौँ।’
उनले विरोधीका षड्यन्त्रलाई टिक्नै नदिने गरी पार्टीका नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिए। पार्टीलाई अघि बढाउन चुनौती पहिचान गर्दै त्यसको सामना गर्नुपर्ने उनको भनाइ थियो।



प्रतिक्रिया