काठमाडौँ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले महीनाको एक दिन अनिवार्य रुपमा स्वमंसेवकीय कक्षा दिने निर्णय गरेको छ।
आज अनेरास्ववियु केन्द्रीय कमिटीको दोस्रो बैठक (४-६ जेष्ठ २०८०) को निर्णय सार्वजनिक गर्दै अध्यक्ष समिक बडालले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी वा सामुदायिक विद्यालयमा अनिवार्यरुपमा स्वमंसेवकीय कक्षा दिने तय भएको जानकारी दिनुभयो ।
यस्तै निजी शैक्षिक संस्थाहरुले दिनुपर्ने अनिवार्य छात्रवृत्तिलाई प्रभावकारी कार्यान्वयनको लागि पहल गर्ने निर्णय बैठकले गरेको छ। जसअनुसार छात्रवृत्तिलाई १० प्रतिशतबाट २० प्रतिशतमा वृद्धि गर्न पहल गर्ने अनेरास्ववियुको निर्णय छ।
बैंठकको २८ बुँदे निर्णयमा विद्यार्थीको सहभागिता र प्रतिभा प्रदर्शनलाई प्रोत्साहित गर्न चित्रकला, फोटोग्राफी, लेखन, वा सार्वजनिक वक्तृत्व कला सम्वन्धी अनलाइन प्रतियोगिताहरू र प्रतिस्पर्धाहरू चलाउने निर्णय पनि भएको छ।
यस्तै त्रिविमा सञ्चालन भएका प्राइभेट कार्यक्रमहरुलाई तत्काल नियमित कार्यक्रममा लैजान आवश्यक जनशक्ति तयार गर्न सरकार र सम्बन्धित विश्वविद्यालयलाई दबाब दिने निर्णय पनि भएको छ।




प्रतिक्रिया