अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयकमा एमालेको पूर्ण समर्थन रहनेछः प्रदीप ज्ञवाली

संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयकमा एमालेको पूर्ण समर्थन रहनेछः प्रदीप ज्ञवाली


काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधनसम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताउनु भएको छ।

आज काठमाडौंमा आयोजित १४औँ राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा आयोजित अन्तरक्रियामा ज्ञवालीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट चाँडै पास हुनेमा विश्वस्त रहेको बताउनु भयो।

अन्य कुराहरूमा सत्तापक्षसँग असहमतिहरू भए पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भने कुनै असहमति नरहने ज्ञवालीले बताउनु भयो।

विधेयक टुंगोमा पुर्‍याउँदा दलहरूबीच पर्याप्त परामर्श, बेपत्ता पारिएका व्यक्तिका परिवारबीच पर्याप्त परामर्श र पीडितले न्याय पाउने गरी पारित गर्नुपर्ने उहाँको भनाइ छ।

‘अहिले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयक संसदमा प्रश्तुत गरेको छ। केही दिनअघि संसदको विषयगत समितिमा पनि गइसकेको छ,’ ज्ञवालीले भन्नुभयो, ‘अरु विषयमा हामी प्रतिपक्ष हौँला । धेरै कुरामा हाम्रा असहमतिहरू होलान्, तर संक्रमणकालीन न्याय टुंग्याउने कुरामा पूर्ण समर्थन रहनेछ।’

बेपत्ता पारिएका व्यक्तिको सत्य परिवारले थाहा पाउनुपर्ने उहाँले बताउनु भयो।