अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध प्रहरीमा ५ वटा जाहेरी

कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध प्रहरीमा ५ वटा जाहेरी


काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पाँच जनाले किटानी जाहेरी दिएका छन् ।

दोलखाका पाँच जनाले आफूहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असुलेर ठगी गरेको भन्दै शेर्पाविरुद्ध जाहेरी दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर आइतबार नै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो।

तर अन्तिम समयमा पाँच वटा जाहेरी आएको प्रहरी स्रोतको भनाइ छ । शेर्पाविरुद्ध दोलखा, रामेछाप र ओखलढुंगाका व्यक्तिहरुलाई अमेरिका पठाइदिने भन्दै रकम लिएको आरोप छ।