अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : चार प्रदेशमा वर्षा, दुई प्रदेशमा हावाहुरी

आजको मौसम : चार प्रदेशमा वर्षा, दुई प्रदेशमा हावाहुरी


काठमाडौँ-हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती , गण्डकी र मधेस प्रदेशका  एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति भने कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।