अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा सांसद सुनारको अडियो प्रकरणमा संसदीय छानबिन हुनुपर्छ: पद्मा अर्याल

रास्वपा सांसद सुनारको अडियो प्रकरणमा संसदीय छानबिन हुनुपर्छ: पद्मा अर्याल


काठमाडौँ-नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमा संसद्बाटै छानबिन हुनुपर्ने बताएकी छन्।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले सुनारको अडियो प्रकरणप्रति गम्भीर आपत्ति जनाउँदै सम्बन्धित राजनीतिक दलले मात्रै नभई संसद्ले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन्।

उनले प्रकरणमा सम्बन्धित व्यक्ति दोषी ठहरिए कानुनअनुसार कडा कारबाही गरिनुपर्ने धारणा राखिन्। सार्वजनिक पदमा रहेका व्यक्तिहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।

शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैलाई पनि छुट नहुने उल्लेख गर्दै अर्यालले सार्वजनिक व्यक्तित्वहरू आफ्नो जिम्मेवारी र मर्यादाप्रति सचेत हुनुपर्नेमा जोड दिइन्।